परिवर्तनको नेतृत्व: नेपालको विद्युतीय भविष्यको लागि महिलाहरूलाई सशक्त बनाउँदै

३८ वर्षीया पार्वती श्रेष्ठले कुनै समय आफ्नो दिन घरको काममा बिताउँथिन्, तर पछि उनले स्टेयरिङ सम्हाल्ने निर्णय गरिन् । एलोईको सहयोगमा उनी सफा टेम्पो (तीन पाङ्ग्रे सवारी) को चालक बनिन्, जसले नेपालका सडकहरूमा महिलाहरूले आफ्नो वित्तीय स्वतन्त्रताको मार्ग आफैं बनाउन सक्छन् भन्ने प्रमाणित गर्यो ।
अहिले अनुभव र आत्मविश्वासका साथ, पार्वती आफ्नो अर्को अध्यायको लागि तयार छिन् — तीन पाङ्ग्रे सवारीबाट चार पाङ्ग्रे विद्युतीय सवारीमा स्तरोन्नति हुँदै । उनको यो यात्रा नेपालको हरित गतिशीलता (ग्रिन मोबिलिटी) क्षेत्रमा बढ्दो अवसरहरूको प्रतिविम्ब हो, जसलाई पार्वतीजस्ता थप महिलाहरूलाई स्वच्छ र थप समावेशी भविष्यतर्फ लैजानका लागि SET4NPL | Driving Sustainable Transportation with EV in Nepal जस्ता परियोजनाहरूले बल पुर्याएका छन् ।
महिलालाई सशक्त बनाउँदै, हरित गतिशीलतालाई ऊर्जा दिँदै

सन् २०१९ मा स्थापित एलोई प्राइभेट लिमिटेड वित्त र दिगोपनलाई जोड्ने एक फिन्टेक कम्पनी हो । यसले आफ्नो विद्युतीय कर्जा प्रवाह प्रणाली (डिजिटल लेन्डिङ्ग सलुसन्स्) र 'बिजुलीपावर' नामक उत्पादन मार्फत सयौं लघु-उद्यमीहरूलाई हरित गतिशीलता र कृषिका लागि वित्तीय पहुँचमा सहयोग गरेको छ ।
SET4NPL लाई जर्मन संघीय आर्थिक मामिला तथा ऊर्जा मन्त्रालय, बेलायतकोऊर्जा सुरक्षा तथा नेट शून्य विभाग, डेनिस जलवायु, ऊर्जा तथा उपयोगिता मन्त्रालय (KEFM), युरोपेली संघ, र चिल्ड्रेन्स इन्भेस्टमेन्ट फण्ड फाउन्डेसनको तर्फबाट मिटिगेसन एक्सन फ्यासिलिटीले सहयोग गरेको छ ।
SET4NPL सँगको साझेदारी मार्फत, एलोईले आफ्नो लक्ष्यलाई थप अगाडि बढाउँदैछ — काठमाडौं उपत्यकाको सार्वजनिक यातायात क्षेत्रमा महिलाहरूलाई नेपालको बढ्दो विद्युतीय सवारी (EV) उद्योगमा प्रवेश गर्न आवश्यक पर्ने सीप, लाइसेन्स, र वित्तीय मार्गहरू प्रदान गरी उनीहरूलाई सशक्त बनाउँदैछ ।
SET4NPL महिला चालक तालिम कार्यक्रम
SET4NPL को सहयोगमा एलोईद्वारा सञ्चालित यस परियोजनाले इलेक्ट्रिक माइक्रोबस (EMB) का चालक वा मालिक बन्न चाहने महिलाहरूलाई सहयोग गर्नमा केन्द्रित छ ।
यसको लक्ष्य सरल तर परिवर्तनकारी छ: नेपालको हरित यातायात क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढाउनु ।
यस कार्यक्रममार्फत सहभागीहरूले प्राप्त गर्नेछन्:
व्यापक विद्युतीय सवारी चालक तालिम
- बी-वर्ग (कार/माइक्रोबस) लाइसेन्स तालिम
- सैद्धान्तिक र प्रयोगात्मक सत्रहरू
- सडक र ल्याबमा आधारित ड्राइभिङ अभ्यास
- विद्युतीय सवारीको परिचय र आधारभूत मर्मतसम्भार सीप
सशक्तिकरण र क्षमता विकास
- आत्मविश्वास बढाउने र नेतृत्व विकासका सत्रहरू
- सडक सुरक्षा, सार्वजनिक व्यवहार, र सञ्चार सीप
लाइसेन्स र रोजगारी सहयोग
- लाइसेन्स प्राप्ति प्रक्रियाभरि चरण-बद्ध सहयोग
- विद्युतीय सवारी कम्पनीहरू, यातायात समितिहरू, वा सहकारीहरूसँग रोजगारीको संजाल
- स्वरोजगार र उद्यमशीलताका लागि मार्गदर्शन
सम्पूर्ण तालिममा प्रतिबद्धता जनाउने र विद्युतीय सवारी चलाएर जीविकोपार्जन गर्न इच्छुक आर्थिक रूपमा कमजोर महिलाहरूलाई प्राथमिकता दिइनेछ ।
स्वतन्त्रतातर्फको यात्रा
धेरै सहभागीहरूका लागि, यो कार्यक्रम केवल प्राविधिक सीप सिक्नु मात्र होइन, यो अवसरको ढोका हो ।
बृहत् दृष्टिकोण
नेपालको यातायात प्रणाली लामो समयदेखि पुरुष-प्रधान पेशा रहँदै आएको छ, तर विद्युतीय क्रान्तिले त्यो कथालाई फेरि लेख्ने मौका दिएको छ । हरित प्रविधिलाई समावेशी वित्त र तालिमसँग जोडेर, एलोई र SET4NPL बीचको साझेदारीले यस्तो भविष्य सिर्जना गर्दैछ जहाँ महिलाहरू स्वच्छ गतिशीलताको अग्रपङ्क्तिमा हुनेछन्।
तालिमप्राप्त प्रत्येक महिला चालक केवल एक चालक मात्र नभई आदर्श पात्र, आर्थिक प्रदायक, र नेपालको दिगो विकास यात्रामा एक अग्रगामी पात्र पनि हुन् ।
जब महिलाहरूले इलेक्ट्रिक साधन चलाउँछन्, नेपाल केवल गुड्दैन, नेपाल अगाडि बढ्छ ।
एलोईका बारेमा
एलोई प्राइभेट लिमिटेड नेपालभरका सूक्ष्म-उद्यमीहरूलाई हरित वित्त र डिजिटल आविष्कारमार्फत सशक्त बनाउने एक फिनटेक कम्पनी हो।
एलोईले विद्युतीय सवारी साधन र दिगो कृषिका लागि पारदर्शी, कुशल, र समावेशी वित्तपोषण प्रदान गर्दछ।
ठेगाना: कुलेश्वर, काठमाडौं
वेबसाइट: set4nepal.org
ईमेल: hello@aloi.global
द्रष्टव्य: यो लेख यस वेबसाइटमा प्रकाशनका लागि नेपालीमा अनुवाद गरिएको हो। यसको मूल संस्करण एलोईद्वारा २०८२, कार्तिक १८ गतेमा प्रकाशित भएको थियो र https://aloi.global/women-to-drive-nepals-electric-future/ मा उपलब्ध छ।


